२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा बढी अनुदान पाउने भएका छन्। जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले रु चार अर्ब ५६ करोड ४७ लाख विनियोजन गरेको हो।
सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ। व्यास नगरपालिकालाई रु ९४ करोड ३० लाख विनियोजन गरिएको छ। व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ रु १८ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ७५ करोड २० लाख र समपुरक अनुदानतर्फ रु ५० लाख बजेट पाउनेछ।
भानु नगरपालिकालाई रु ५९ करोड ६८ लाख विनियोजन गरिएको छ। भानुले समानीकरण अनुदानतर्फ रु १३ करोड ८७ लाख, सशर्त अनुदानतर्फ रु ४४ करोड ४१ लाख, विशेष अनुदानतर्फ एक करोड र समपुरक अनुदानतर्फ रु ४० लाख पाउनेछ।
भिमाद नगरपालिकालाई रु ४५ करोड ६९ लाख विनियोजन गरिएको छ। भिमादले समानीकरण अनुदानतर्फ रु ११ करोड १४ लाख, सशर्त अनुदानतर्फ रु ३० करोड ७३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ६७ लाख र समपुरक अनुदानतर्फ रु दुई करोड १५ लाख पाउनेछ।
शुक्लागण्डकी नगरपालिकालाई रु ६३ करोड ७८ लाख विनियोजन गरिएको छ। शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ रु १४ करोड ६० लाख, सशर्त अनुदानतर्फ रु ४६ करोड ४३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ३५ लाख पाउनेछ।
आँबुखैरेनी गाउँपालिकालाई रु ३१ करोड ४१ लाख विनियोजन गरिएको छ। आँबुखैरेनीले समानीकरण अनुदानतर्फ रु नौ करोड ६७ लाख, सशर्त अनुदानतर्फ रु १७ करोड ३६ लाख, विशेष अनुदानतर्फ रु एक करोड ८० लाख र समपूरक अनुदानतर्फ रु दुई करोड ५८ लाख पाउनेछ।
ऋषिङ गाउँपालिकालाई रु ३६ करोड ५९ लाख विनियोजन गरिएको छ। ऋषिङले समानीकरण अनुदानतर्फ रु १० करोड ३७ लाख, सशर्त अनुदानतर्फ रु २४ करोड ६१ लाख, विशेष अनुदानतर्फ रु ७६ लाख र समपूरक अनुदानतर्फ रु ८५ लाख पाउनेछ।
घिरिङ गाउँपालिकालाई रु २८ करोड २९ लाख विनियोजन गरिएको छ। घिरिङले समानीकरण अनुदानतर्फ रु आठ करोड ७८ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ८१ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ।
देवघाट गाउँपालिकालाई रु ३३ करोड ७० लाख विनियोजन गरिएको छ। देवघाटले समानीकरण अनुदानतर्फ रु आठ करोड ३२ लाख, सशर्त अनुदानतर्फ रु २३ करोड ८२ लाख, विशेष अनुदानतर्फ रु ८६ लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ।
म्याग्दे गाउँपालिकालाई रु ३० करोड ६५ लाख विनियोजन गरिएको छ। म्याग्देले समानीकरण अनुदानतर्फ रु नौ करोड ९२ लाख, सशर्त अनुदानतर्फ रु १८ करोड ६३ लाख, विशेष अनुदानतर्फ रु एक करोड ४० लाख र समपूरक अनुदानतर्फ रु ७० लाख पाउनेछ।
बन्दीपुर गाउँपालिकालाई रु ३२ करोड ६८ लाख विनियोजन गरिएको छ। बन्दीपुरले समानीकरण अनुदानतर्फ रु नौ करोड छ लाख, सशर्त अनुदानतर्फ रु २० करोड सात लाख, विशेष अनुदानतर्फ रु एक करोड ५० लाख र समपूरक अनुदानतर्फ रु एक करोड ७५ लाख पाउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij