Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नागढुंगा सुरुङमार्गको काम नसकिँदै जापानले थप्यो ५ अर्ब ५० करोड ऋण सहयोग

नागढुंगा सुरुङमार्गको काम नसकिँदै जापानले थप्यो ५ अर्ब ५० करोड ऋण सहयोग


  • 988
    Shares

    नागढुंगा सुरुङमार्गको काम नसकिँदै जापानले थप्यो ५ अर्ब ५० करोड ऋण सहयोग
    images

    काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका लागि जापान सरकारले थप ऋण सहयोग उपलब्ध गराउने भएको छ। आयोजना सम्पन्न गर्न अपुग भएको ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको थप ऋण प्रदान गर्ने निर्णय जापान सरकारले गरेको हो।

    यससम्बन्धी समझदारी पत्रमा आज नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।

    बढ्दो मूल्य वृद्धि र अन्य प्राविधिक कारणले लागत बढ्न गई बजेट अभाव भएपछि जापानले थप सहयोग गरेको छ। यससँगै यस आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख येन पुगेको दूतावासले जनाएको छ।

    यसअघि सन् २०१६ डिसेम्बरमा यस आयोजनाका लागि १६ अर्ब ६३ करोड ६० लाख येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो।

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १२:४७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij