Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘विद्युतमा भ्याट फिर्ता हुन्न, तर उपभोक्तालाई सहुलियत दिन्छौँ’: अर्थमन्त्री वाग्ले

‘विद्युतमा भ्याट फिर्ता हुन्न, तर उपभोक्तालाई सहुलियत दिन्छौँ’: अर्थमन्त्री वाग्ले


  • 1.2K
    Shares

    ‘विद्युतमा भ्याट फिर्ता हुन्न, तर उपभोक्तालाई सहुलियत दिन्छौँ’: अर्थमन्त्री वाग्ले
    images

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने बताएका छन् । उनले अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको समेत बताएका छन् । आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने उनको भनाइ छ । 

    नेपाल आर्थिक पत्रकार संघले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘विद्युतमा भ्याट आयो, आउँछ तर उपभोक्तालाई मार नपर्ने गरी हामीले सोचिरहेका छौँ ।’ 

    आगामी आवको बजेटमा ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तालाई कर लाग्ने व्यवस्था आएपछि यसको सर्वत्र आलोचना भइरहेको छ । अर्थमन्त्री वाग्लेले बिजुलीमा भ्याट सरकारले ठुलो आँटका साथ लगाएको उनले बताए 

    बजेटले ५ वर्षका लागि नीतिगत दिशा तय गरेको बताएका छन् । उनले भने, ‘गुड आइडिया, असल नियतका साथ अर्थतन्त्रमा इँटा थप्ने काम गर्छौं ।  

     

    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - ११:१२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij