Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीलाई संसदबाट भाग्ने छुट छैनः सांसद घतानी

प्रधानमन्त्रीलाई संसदबाट भाग्ने छुट छैनः सांसद घतानी


  • 799
    Shares

    प्रधानमन्त्रीलाई संसदबाट भाग्ने छुट छैनः सांसद घतानी
    images

    काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद नीता घतानीले प्रधानमन्त्री बालेन्द्र साहले लोकतन्त्रको अपमान गरिरहेको आरोप लगाएकी छन्।

    बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको प्रश्नको जवाफ नदिने प्रधानमन्त्री साहले लोकतन्त्रको अपमान हुने गरी गतिविधि गरिरहेको भन्दै आपत्ति समेत जनाइन् । सांसद घतानीले प्रधानमन्त्री साहलाई आफनो कामप्रति विश्वास भए सदन उठेका प्रश्नको जवाफ दिने हिम्मत गर्न चुनौति समेत दिइन् । उहाँले सरकारलाई प्रश्न नै गर्न नहुने खालको प्रवृत्ति संसदमा देखिएको भन्दै आक्रोश समेत व्यक्त गरीन् ।

    सांसद घतानीले भनिन्,‘ देशमा लोकतन्त्रका लागि एउटा घातक प्रवृत्ति देखिदै गएको छ । सरकारलाई प्रश्न गर्न  नहुने मानसिक विकास हुँदै गएको छ । प्रश्न गर्नेहरुलाई नै गलत सावित गर्ने प्रयास भईरहेका छन् । तर लोकतन्त्र  अन्ध समर्थनको व्यवस्था होइन । नागरिकहरु ताली मात्रै बजाउने भिड पनि होइन । यहाँका सांसदहरु जनताका प्रत्यक्ष आवाजहरु हुन । सरकारलाई निरन्तर जवाफदेही बनाउने शक्ति हुन । प्रधानमन्त्री लोकप्रिय हुन सक्नुहुन्छ । सरकार शक्तिशाली पनि हुन सक्छ । तर सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि हुन सक्दैन । यदि सरकारलाई आफनो कामप्रति विश्वास छ भने सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा उपस्थित भएर जनताका प्रश्नको जवाफ  दिन किन हिच्किच्याउनु हुन्छ रु सत्ताको दम्भ दीर्घकालीन हुँदैहुँदैन । तर जनताको आवाज र लोकतन्त्र सधै जीवित रहन्छ । लोकतन्त्रको अपमान कदापी सैह्य हुँदैन । प्रधानमन्त्रीज्यूलाई जनताको प्रश्नबाट भाग्न कति पनि छुट छैन ।’

    सांसद घतानीले सदन र जनताको प्रश्नभन्दा माथि कोही पनि व्यक्ति नहुने भन्दै प्रधानमन्त्री साहप्रति कटाक्ष पनि गरीन् ।  

    प्रकाशित मिति :जेठ १३ २०८३ बुधवार - १३:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij