Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

प्रधानमन्त्री कुनै छुट्टै टापुको सम्राट जस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी

प्रधानमन्त्री कुनै छुट्टै टापुको सम्राट जस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी


  • 687
    Shares

    • images
    प्रधानमन्त्री कुनै छुट्टै टापुको सम्राट जस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । 

    बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गरेका छन् । उनले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गरेका छन् । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो । 

    उनले भने,‘ सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो, उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु ।

    सांसद केसीले सरकारले विपद व्यवस्थापनमा गहिरोसँग ध्यान आवश्यक रहेको पनि स्पष्ट पारेका छन् ।    

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १३:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij