Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अमेरिकी डलरको भाउ आज पनि वृद्धि, कति पुग्यो?

अमेरिकी डलरको भाउ आज पनि वृद्धि, कति पुग्यो?


  • 1.2K
    Shares

    अमेरिकी डलरको भाउ आज पनि वृद्धि, कति पुग्यो?
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलरको भाउ आज पनि वृद्धि भएको छ। आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

    यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ।

    स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा कायम गरिएको छ।

    क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा कायम गरिएको छ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

    थाई भाट एकको खरिददर चार रुपैयाँ ७३ पैसा र बिक्रीदर चार रुपैयाँ ७५ पैसा रहेको छ। यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ १० पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९ रुपैयाँ १० पैसा कायम गरिएको छ। दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ।

    स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा तोकिएको छ। डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९९ पैसा र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

    हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा निर्धारण गरिएको छ भने बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा कायम गरिएको छ। ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

     

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - ०६:३७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij