Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन


  • 988
    Shares

    युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन
    images

    काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखिएको छ ।

    महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबिच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।

    कोष र ऋणीबिच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौता अनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जाको साँवा बक्यौता देखिएको छ ।

    तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट५७ करोड ९७ लाख १८ हजार साँवा तथा ब्याज आठ करोड ४६ लाख ९८ हजार र हर्जाना २३ लाख ८२ हजार कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ । 

    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १७:१३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij