Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मन्त्रीहरूको नयाँ कार्यविभाजन: कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

मन्त्रीहरूको नयाँ कार्यविभाजन: कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?


  • 3.2K
    Shares

    मन्त्रीहरूको नयाँ कार्यविभाजन: कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजन अनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् ।संविधानको धारा ७६ को उपधारा ९ बमोजिम गठन भएको सरकारको मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री बालेन शाहको सिफारिसमा मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका हुन् ।

    कार्यविभाजन अनुसार प्रधानमन्त्री बालेनले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका छन् । अर्थमन्त्रालयको जिम्मेवारी डा स्वर्णिम वाग्लेलाई, परराष्ट्र मन्त्रालय शिशिर खनाललाई, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विराजभक्त श्रेष्ठलाई, पूर्वाधार विकास मन्त्रालय सुनिल लम्साललाई प्रदान गरिएको छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय सीता बादीलाई, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

    प्रतिभा रावललाई, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निशा मेहतालाई, शिक्षा तथा खेलकुद मन्त्रालय सस्मित पोखरेललाई, संस्कृ‌ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेललाई,सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी डा विक्रम तिमिल्सिनालाई, कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी गीता चौधरीलाई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गौरी कुमारीलाई  र युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी रामजी यादवलाई प्रदान गरिएको छ ।

    1-31_मन्त्रिपरिषद्-हेरफेर_विज्ञप्ति_IMG_0001-1448x2048.jpg

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १८:१०:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij