२०८३ बैशाख ३० गते बुधवार
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले ३४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ।
अघिल्लो आर्थिक वर्षको चैतसम्म कम्पनीले ३२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ३.३५ प्रतिशतले बढेको छ।
चालु वर्षको चैतसम्म कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ९० करोड २५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ९ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २५.०४ प्रतिशतले बढेको छ। कम्पनीले ३ अर्ब ५२ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५.०८ प्रतिशतले घटेको छ। कम्पनीको शेयरपुँजी ५ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको शेयर प्रिमियममा १ अर्ब २९ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३० करोड ६४ लाख रुपैयाँ र अन्य इक्विटीमा ३४ करोड ८९ लाख रुपैयाँ रहेको छ। कम्पनीले चालु वर्षको चैतसम्म ३ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.६० प्रतिशतले बढेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी घटेर ८.५५ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ५३.५९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४१.३८ रुपैयाँ रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij