२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । सर्वोत्तम सिमेन्टले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चैतसम्म कम्पनीले ९० करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५०.२१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको कुल खर्च ८५ करोड ६१ लाख ८४ हजार रुपैयाँ रहेको छ भने जसमा प्रशासनिक खर्च २० करोड ३५ लाख, बिक्री तथा वितरण खर्च ४६ करोड ६३ लाख र वित्तीय खर्च १८ करोड ६३ लाख रुपैयाँ रहेको छ।
चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ७९ लाख ७८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको ६ अर्ब ८१ करोड १४ लाख १० हजार रुपैयाँको तुलनामा बढी हो। हाल ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ६१ लाख ४८ हजार रुपैयाँ सञ्चित छ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी २३.१२ रुपैयाँ कायम भएको छ। प्रतिशेयर नेटवर्थ १९५.९६ रुपैयाँ रहेको छ भने कम्पनीको कुल सम्पत्ति १६ अर्ब ५५ करोड ७ लाख १० हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले आफ्नो व्यवस्थापकीय विश्लेषणमा उद्योगको उत्पादन क्षमताको उपयोग वृद्धि गर्दै सञ्चालन र उत्पादन लागत घटाउने रणनीति लिएको उल्लेख गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij