Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


  • 1.2K
    Shares

    अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    जिल्ला अदालत काठमाडौँले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धानका लागि तेस्रो पटक पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। 

    शोभा पाठकलाई माइतीघर मण्डलामै गएर कुटपिट गरेको आरोपमा प्रहरीले वैशाख १४ गते १० जनालाई पक्राउ गरेको थियो। धर्नामा बसेकी पाठकलाई माइतीघरमै पुगेर उक्त समूहले हातपात गरेको थियो। 

    त्यसक्रममा बस्नेतकी पत्नीलाई समेत पाठक समूहका केही पुरुषले हातपात गरेका थिए। तर प्रहरीले उनीहरूलाई भने पक्राउ गरेको छैन। घटनापछि शोभा पाठकलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। 

    पाठकको जाहेरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको काठमाडौँ परिसरले जनाएको छ।

    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - २१:५६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij