२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । पार्टी कमिटीहरूमा ६० प्रतिशित युवा सहभागिता हुनुपर्ने माग राखेर नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक युवा अनसन बसेका छन् ।
नेकपाको केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराउनुपर्ने माग राखेर भुवन सिंह विष्ट अनसन बसेका हुन् ।
विस्टले भने, ‘मुखले युवा ल्याउनुपर्छ भन्ने तर व्यवहार त्यस्तो नभएपछि मैले पार्टीको ध्यानाकषण गराएको हुँ ।’ उनी तीन दिनदेखि अनसनमा रहेका छन् ।
पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी ३ महिनाभित्र महाधिवेशनका कार्यक्रमहरु सम्पन्न गरियोस् भन्ने उनको अर्को माग रहेको छ ।
केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरुलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रुपमा स्वीकार गरिनुपर्ने माग राखेका छन् ।
साथै, पार्टीका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न पनि उनको माग छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij