Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

बबई सिँचाइ आयोजनाद्वारा निर्माण कम्पनीसँग ५ करोड ३३ लाख माग

बबई सिँचाइ आयोजनाद्वारा निर्माण कम्पनीसँग ५ करोड ३३ लाख माग


  • 134
    Shares

    बबई सिँचाइ आयोजनाद्वारा निर्माण कम्पनीसँग ५ करोड ३३ लाख माग

    काठमाडौं । बबई सिँचाइ आयोजनाले ठेक्का सम्झौता अनुसार काम पूरा नगर्ने एक निर्माण कम्पनीलाई ५ करोड ३३ लाख रुपैयाँ भन्दा बढी रकम सरकारी खातामा दाखिला गर्न ३५ दिने अल्टिमेटम दिएको छ ।

    आयोजनाले वैशाख ४ गते एक सूचना जारी गर्दै गुलरिया, बर्दियाको अमन कन्स्ट्रक्सन कम्पनीलाई उक्त रकम बुझाउन निर्देशन दिएको हो ।

    सूचना अनुसार कम्पनीले ५ करोड ३३ लाख ४२ हजार ९६.७ रुपैयाँ सरकारी बाँकी सरह बुझाउनुपर्ने छ । यसअघि आयोजनाले २०८२ साल चैत २ गते २१ दिनको समय दिएर पत्र काटे पनि कम्पनीले हालसम्म रकम दाखिला नगरेको आयोजनाले जनाएको छ ।

    आयोजनाले दिएको ३५ दिनको समय सीमा भित्र तोकिएको बैंक खातामा रकम जम्मा गरी सक्कल भौचर पेस नगरेमा कडा कानुनी प्रक्रिया अपनाइने चेतावनी दिइएको छ ।

    निर्धारित समयमा रकम नआएमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र नियमावली २०७७ बमोजिम कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय मार्फत सरकारी बाँकी सरह असुल उपर गर्ने प्रक्रिया अगाडि बढाइने आयोजना जनाएको छ ।

    आयोजना र अमन कन्स्ट्रक्सनबिच आर्थिक वर्ष २०७७\७८ मा विभिन्न चार वटा ठेक्का  सम्झौता भएका थिए । तर, कम्पनीले सम्झौता अनुसार काम नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ बमोजिम ती सम्झौताहरू रद्द गरी कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय भएको थियो ।

    अदालतबाट रिट खारेज भएसँगै आयोजनालाई बाँकी काम अन्य प्रक्रियाबाट गराउँदा लाग्ने थप लागत रकम साबिकको निर्माण कम्पनीबाटै असुल गर्ने बाटो खुलेको हो । 

    image-(7)_mE9SH62gDA.png

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:०४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij