Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तरलता व्यवस्थापन गर्न बजारबाट २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बजारबाट २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक


  • 1.2K
    Shares

    तरलता व्यवस्थापन गर्न बजारबाट २५ अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
    images

    काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता छ । सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार (चैत २५) बजारबाट २५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । 

    राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ खिच्न लागेको हो । 

    निक्षेप संकलनको बोलकबोल तथा निष्कासन आजै हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।  बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । 

    बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । यसको साँवा र ब्याज भुक्तानी भने यही आगामी जेठ २० गते हुने बताइएको छ । 

    साथै, यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी निष्कासित रकमबराबर बोलकबोल गर्न सक्नेछन् । 

    निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः बाँडफाँट गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइनेछैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा लिक्विडिटी रेसियोमा गणना गर्न पाइनेछ ।

    प्रकाशित मिति :चैत्र २५ २०८२ बुधवार - १२:२२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij