Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेशनल लाइफ बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित

नेशनल लाइफ बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित


  • 1.1K
    Shares

    नेशनल लाइफ बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित
    images

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बिराटनगर शाखामा आवद्ध उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका छन् । आर्थिक वर्ष २०८१\०८२मा अत्यन्तै मेहनत का साथ विभिन्न बिधामा उत्कृष्ट हुँदै बिराटनगर शाखामा आयोजित वार्षिक कार्यक्रम अनुसार शाखा प्रमुख अमित कुमार कर्णको अध्यक्षतामा अभिकर्ता सम्मान कार्यक्रम आयोजना गरी उत्कृष्ट अभिकर्ताहरु सम्मानित भएका हुन् ।

    बिराटनगर अवस्थित नमस्कार होटेलमा शनिबार आयोजित कार्यक्रममा व्यक्तिगत व्यापार तर्फ प्रथम भएका कृष्ण प्रसाद भट्टराई , दोस्रो अस्मिता कुमारी चौधरी र तेस्रो धिरेन्द्र कुमार माझी सम्मानित भएका हुन्।

    सञ्जाल तर्फ प्रथम हुन सफल चन्दा कुमारी र बिदास , दोस्रो सगमलाल चौधरी र सपना कुमारी र बिदास सम्मानित भए । सम्मानित अभिकर्ताहरुलाई कम्पनिका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कण्डेलबाट प्रमाण पत्र तथा ट्रफी सहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा ,कोशी प्रदेशमै एकै दिनमा एक करोड बीमाशुल्क संकलन गर्ने अभिकर्ता लता लाभलाई समेत विशेष सम्मान गरिएको थियो । बिराटनगर शाखा स्थापना काल देखि लगातार ३ दशक देखि काम गर्दै आएका राम बहादुर लकाइ खड्का तथा लगातार २५ वर्ष काम गर्ने राजेश सरदार थारुलाई बिशेष सम्मान गर्दै दोसल्ला ओढाएर समेत सम्मान गरिएको हो । हरेक महिना सर्बोत्कृष्ट ब्यापार गर्ने १२ जना अभिकर्ताहरुलाई टप अफ द मन्थबाट पुरस्कृत गरिएको छ ।

    कार्यक्रममा कम्पनीका नायाब प्रमुख कार्यकारी अधिकृतले आफ्नो अनुभव साटेर सम्पुर्णलाई तालिम समेत दिएको र बीमा व्यवसायमा सफल कसरी हुने समेत उत्प्रेरणा दिएका थिए ।

    आर्थिक वर्ष २०८१\८२ मा हासिल गरेका उपलब्धि हरुलाइ सम्मान गर्दै तथा धन्यवाद दिँदै कार्यक्रम सभापति अमित कुमार कर्णले समापन गरे। ।

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १२:५०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij