Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो

वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो


  • 1.4K
    Shares

    वीरगन्ज नाकाबाट सात महिनामा चार सय ९७ विद्युतीय गाडी भित्रियो
    images

    काठमाडौं । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४८ करोड ६४ लाख मूल्य पर्ने चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । ती विद्युतीय सवारीसाधनको आयातबाट कार्यालयले ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरेको छ ।

    गत आवको सोही अवधिमा भने ४३ करोड एक लाख मूल्य पर्ने एक सय ६५ वटा विद्युतीय, जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले ३५ करोड ५० लाख राजस्व सङ्कलन गरेको थियो ।

    वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको सात महिनाको तुलनामा विद्युतीय सवारीसाधनको आयात ह्वात्तै बढेको छ । चालु आवको सात महिनामा ८० करोड ५७ लाखका मूल्यका हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । गत आवको सोही अवधिमा भने ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको थियो ।

    चालु आवको सात महिनामा एक अर्ब १६ करोड १३ लाखका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधनको आयातबाट कार्यालयले दुई अर्ब ८६ करोड राजस्व सङ्कलन गरेको छ । 

    गत आवको सात महिनामा भने एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । सो आवमा इन्धनबाट चल्ने सवारीसाधन आयातबाट रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो ।

    कार्यालयले चालु आवको सात महिनामा २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनामा रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो ।

     

    प्रकाशित मिति :चैत्र २२ २०८२ आइतवार - ११:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij