Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय


  • 148
    Shares

    • images
    सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले पार्टीको तर्फबाट अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । 

    बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए । लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको झाले बताएका छन् । 

    सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । रास्वपाको बहुमत भएकाले उनी सभामुख बन्ने निश्चित छ । 

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १७:३२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij