Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी


  • 85
    Shares

    • images
    राजश्व चुहावट नियन्त्रणका लागि उच्चस्तरीय बैठक जारी

    काठमाडौं । मुलुकमा भइरहेको राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रिय राजश्व चुहावट नियन्त्रण समिति’को महत्वपूर्ण बैठक शुरु भएको छ । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजश्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ । बिहान ११ बजेदेखि शुरु भएको बैठकमा गृहमन्त्री सुधन गुरुङको समेत उपस्थिति रहेको छ ।  

    बैठकमा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र राजश्व प्रशासनका सचिवहरूको सहभागिता छ । यस्तै, राजश्व चुहावट नियन्त्रणमा सुरक्षा निकायको भुमिकालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको समेत उपस्थिति रहेको छ । 

    बैठकमा विशेषगरी राजश्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानुनको कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भइरहेको छ । अर्थमन्त्री डा. वाग्लेले राजश्व प्रशासनसँग सम्बन्धित विभिन्न महाशाखा तथा विभागका प्रमुखहरूलाई राजश्व संकलनमा देखिएका चुनौतीहरू समाधान गर्न र चुहावट रोक्न निर्देशन दिने कार्यक्रम रहेको छ ।   

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १३:३६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij