Logo

२०८२ चैत्र १९ गते बिहिवार

२०८२ चैत्र १९ गते बिहिवार

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 92
    Shares

    • images
    आज घट्यो सुन चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ६०० रुपैयाँले घटेको छ।

    महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ तोकिएको हो ।  हिजो सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रति १० ग्राम २ लाख ५५ हजार १४५ रुपैयाँ थियो।

    साथै, सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ४,९४५ रुपैयाँ थियो।

    आज प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ थियो।

     

    प्रकाशित मिति :चैत्र १९ २०८२ बिहिवार - १०:५९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij