Logo

२०८३ बैशाख २५ गते शुक्रवार

२०८३ बैशाख २५ गते शुक्रवार

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ

रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ


  • 946
    Shares

    रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ

    पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

    लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैशी सहकारी ठगी आरोपमा पक्राउ परेका हुन् । जैशीले आफूलाई सहकारी पीडितको रूपमा चिनाउँदै आएका थिए । सूर्यदर्शन सहकारीका पीडितको कार्यक्रममा समेत उनी उपस्थित हुने गरेका थिए । कास्की प्रहरीले सोमबार उनलाई अर्को सहकारी ठगी प्रकरणमा पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार उनलाई पोखराकै धनुस बचत तथा ऋण सहकारी संस्थाबाट १२ करोड ५६ लाख रुपैयाँ हिनामिना गरेको प्रकरणमा पक्राउ गरिएको हो । जैसीमाथि सहकारीको ८३ लाख रुपैयाँ अपचलन गरेको आरोप छ ।

    सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशले गरेको दोस्रो चरणको छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीलाई कारबाही अघि बढाउन आइतबार मात्र निर्देशन दिइएको थियो ।

    प्रतिवेदन बुझाएको भोलिपल्टै प्रहरीले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो । यद्यपि प्रहरीले हालसम्म केही विवरण खुलाएको छैन । छानबिन प्रतिवेदनअनुसार सहकारीमा भएको कुल हिनामिनाको प्रमुख हिस्सा विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट भएको देखिएको छ ।

    साबिक साइनो सहकारीसँग एकीकरण पूर्व नै इन्जिनियर असिम बराल (एबिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक), गमरेजजंग गुरुङ परिवार श्रीमती काशिमाया गुरुङ र छोरी सिर्जना गुरुङले ३ करोड १७ लाख रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

    सहकारीका व्यवस्थापक विराज सुवेदीले २ करोड १५ लाख रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, व्यवस्थापक तथा सचिवको दोहोरो जिम्मेवारी सम्हालेका जगत पौडेलले एक करोड २५ लाख रुपैयाँ अपचलन गरेको पुष्टि भएको छ ।

    ऋण समितिमा रहेका कृष्णप्रसाद जैशीले ८३ लाख रुपैयाँ अपचलन तथा हिनामिना गरेको प्रतिवेदनले औँल्याएको छ । सहकारीका अध्यक्ष राजाराम सुवेदीले बेथिति देखिएपछि आफैँले रजिस्ट्रार कार्यालयमा छानबिन माग गरेका थिए ।

    images
    प्रकाशित मिति :चैत्र ९ २०८२ सोमवार - २०:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij