Logo

२०८२ चैत्र ६ गते शुक्रवार

२०८२ चैत्र ६ गते शुक्रवार

दुई फर्मलाई विभागको जरिवाना

दुई फर्मलाई विभागको जरिवाना


  • 442
    Shares

    • images
    दुई फर्मलाई विभागको जरिवाना

    काठमाडौं । कानुन विपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले दुई वटा फर्मलाई जरिवाना गरेको छ ।

    स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं महानगरपालिका सिनामङ्गलमा रहेको जमकटेल फर्मालाई दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

    साथै, भक्तपुरको सल्लाघारीमा अवस्थित ख्वप हार्डवेयरलाई २० हजार जरिवाना गरेको छ । ती दुवै फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिमको कसुरमा कारबाही गरिएको हो ।

    विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

     

    प्रकाशित मिति :चैत्र ६ २०८२ शुक्रवार - १०:५३:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij