Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राजनीतिले छोएन शेयर बजारलाई : ३२.८१ अंकले बढ्यो नेप्से, १७ कम्पनीको शेयरमूल्यमा उछाल

राजनीतिले छोएन शेयर बजारलाई : ३२.८१ अंकले बढ्यो नेप्से, १७ कम्पनीको शेयरमूल्यमा उछाल


  • 7.1K
    Shares

    राजनीतिले छोएन शेयर बजारलाई : ३२.८१ अंकले बढ्यो नेप्से, १७ कम्पनीको शेयरमूल्यमा उछाल

    काठमाण्डौ । देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन ।

    देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा पनि शेयर बजार परिसूचक नेप्से आइतवार झन्डै ३३ अङ्कले बढेको छ । नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको छ ।

    नेप्सेका अनुसार आज ११ अर्ब ६९ करोड ५० लाख बराबरको कारोबार भएको छ भने आज १७ कम्पनीको शेयरमूल्यमा उछाल आएको छ ।     
     
    आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कर्णाली विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, युनाईटेड इदी मर्दी हाइड्रोपावर महालक्ष्मि विकास बैंक, सांग्रिला विकास बैंक, बेष्ट फाइनान्स कम्पनी, गुडविल फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेड, आइसीएफसी फाइनान्स कम्पनी लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, कालिका पावर, नारायणी डेभलपमेण्ड बैंक, बरुण हाइड्रोपावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी रहेका छन् ।    

    आज कारोबार भएका समूहमध्ये दुई वटा समूह घटेका छन् भने अन्य सबै समूह बढेका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । 

    त्यसैगरि, आइतबार रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरकूल्यमा ४२ अंकले गिरावट आएको हो । जम्मा ५४ वटा कम्पनीको शेयरमूल्यमा आज गिरावट आउँदा १२५ वटा कम्पनीको बजारमूल्य भने बढेको छ । 

    प्रकाशित मिति :जेठ ९ २०७८ आइतवार - १५:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij