Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

५ लाख २० हजार विद्यार्थीले एसईई परीक्षा दिँदै

५ लाख २० हजार विद्यार्थीले एसईई परीक्षा दिँदै


  • 2.5K
    Shares

    ५ लाख २० हजार विद्यार्थीले एसईई परीक्षा दिँदै

    काठमाडौं । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकिँदै छ। यो वर्षको एसईई यही चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुँदै छ।

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा- १० का उपनियन्त्रक तारानाथ निरौलाका अनुसार यो वर्षको एसइईमा करिब पाँच लाख २० हजार विद्यार्थीले परीक्षा दिनेछन्। नियमिततर्फ चार लाख ५२ हजार ४५ जना विद्यार्थी छन्।

    गत वर्ष एनजी ल्याएका अर्थात् फेल भएका ६२ हजार विद्यार्थी छन्। करिब ७ हजार पुराना विद्यार्थी छन्। परीक्षा तालिकाअनुसार चैत १९ गते अर्थात् पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ।

    चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधिको परीक्षा हुनेछ। त्यसैगरी २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय लगायतको परीक्षा सञ्चालन हुनेछ।

    images
    प्रकाशित मिति :चैत्र २ २०८२ सोमवार - १९:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij