२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
विभागले राति देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij