Logo

२०८३ बैशाख १५ गते मंगलवार

२०८३ बैशाख १५ गते मंगलवार

काठमाडौँका यी स्थानमा आज केही समय बिजुली काटिने

काठमाडौँका यी स्थानमा आज केही समय बिजुली काटिने


  • 1.5K
    Shares

    काठमाडौँका यी स्थानमा आज केही समय बिजुली काटिने

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ।

    प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र बत्तीसपुतली फिडरअन्तर्गतका विभिन्न स्थानमा बिजुली कटौती गरिने भएको हो। प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रमा पर्ने ती दुवै फिडरबाट वितरण हुने पेप्सीकोला, टाउन प्लानिङलगायतका क्षेत्रमा वितरित ११ केभी लाइन मर्मत गर्न लागिएको छ।

    जीर्ण अवस्थामा रहेका पोलको मर्मत तथा नयाँ जडानका लागि बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म पेप्सीकोला, टाउन प्लानिङ क्षेत्रमा बिजुली कटौती हुनेछ। यस्तै मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली क्षेत्रमा भने अपराह्न २ बनेदेखि ४ बजेसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ।

    तोकिएको कार्य समयअगावै सकिएमा बिजुली नियमित रूपमा सञ्चालन हुने छ। बिजुली कटौती हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

    images
    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - ०९:०७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij