२०८२ माघ १४ गते बुधवार
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले विश्वासको मत नपाएपछि आफू फेरि प्रधानमन्त्री बन्न नचाहेको भए पनि संविधानले आफूलाई नै प्रधानमन्त्री बनाएको बताएका छन् । राष्ट्रपतिले वैकल्पिक सरकार बनाउन समय दिँदा पनि विपक्षीले वेकल्पिक सरकार बनाउन नसकेपछि संविधानतः आफू नै प्रधानमन्त्री बन्न बाध्य भएको उनले बताए ।
आज बालुवाटारमा एक पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्रीले आफूले अहिले कायम रहेको प्रतिनिधिसभाले देशलाई सही तरिकाले अगाडि बढाउने सरकार दिन नसक्ने सरकार बनिहाले पनि त्यो सरकार देशलाई अगाडि बढाउन सक्ने खालको नबन्ने बरु सरकार बनाउने र ढलाउने खेल मात्रै चलिरहने भएकोले प्रतिनिधिसभा विघटन गरेको बताए । उनले यो किचलोबाट अगाडि बढ्न आफूले प्रतिनिधिसभा विघटन गरेको भए पनि अदालतको व्याख्या फरक रहेको बताए ।
आफूलाई अविश्वासको प्रस्ताव छल्न प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको बताउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनस्र्थापनापछि अढाइ महिनासम्म आफूले अविश्वासको प्रस्ताव ल्याउनको लागि प्रतिक्षा गरेको बताए ।
‘अढाइ महिनासम्म वैकल्पिक सरकारको प्रतिक्षा गरेपछि पनि वैकल्पिक सरकार बन्ने नदेखेपछि त्यसो भए मलाई नै विश्वासको मत दिनुस् न त भनेर म प्रतिनिधिसभामा गएको थिएँ’ उनले भने । तर, विश्वासको मत नपुगोस् भन्नका लागि दलहरुको मर्यादा, अनुशासन र लोकतान्त्रिक मूल्य र मान्यता छोडेर अनुशासनहीन ढंगले अनुपस्थित भएर सरकार ढाल्न खोजेको उनले आरोप लगाए ।
सरकारलाई विश्वासको मत नदिइएपछि संविधानको धारा ७६ (२) बमोजिम अर्को सरकार बनाउन राष्ट्रपतिले आह्वान गरेको भए पनि विपक्षीले अर्को सरकार बनाउन नसकेपछि संविधानले आफूलाई पुनः प्रधानमन्त्री बनाएको उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij