Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज काठमाडौँमा पनि वर्षाको सम्भावना

आज काठमाडौँमा पनि वर्षाको सम्भावना


  • 1.5K
    Shares

    • images
    आज काठमाडौँमा पनि वर्षाको सम्भावना

    काठमाडौं । आज (बुधबार) काठमाडौँ उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका छन्। 

    महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार दिउँसो काठमाडौँमा पनि हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो। ‘अहिले काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकिएको छ’, उनले नेपालखबरसँग भने ‘दिउँसो ३ बजेसम्म हल्का वर्षा हुने देखिन्छ।’

    त्यसपछि भने बिस्तारै बादल हट्दै जाने र राति काठमाडौँको मौसम सफा हुने सम्भावना रहेको उनको भनाइ छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले भने काठमाडौँ उपत्यकासहित देशभरजसो नै मौसम बदली भएको र पश्चिमी प्रदेशतिर हिमपात र वर्षासमेत भइरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए।

    मौसम बदली (आकाशमा बादल) भएका कारण आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ह्वात्तै बढेको छ। बिहान ५ः४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस देखिएको मौसम महाशाखाले जनाएको छ।   

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ०८:०९:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij