Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

प्रचण्डलाई घनश्यामको सुझाव : कृपया पछि हट्नुस्, अगाडि बाटो छैन

प्रचण्डलाई घनश्यामको सुझाव : कृपया पछि हट्नुस्, अगाडि बाटो छैन


  • 1.2K
    Shares

    प्रचण्डलाई घनश्यामको सुझाव : कृपया पछि हट्नुस्, अगाडि बाटो छैन

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली पुष्पकमल दाहाल ‘प्रचण्ड’मा कहिँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी भए पछि हट्न सुझाव दिएका छन् ।

    कार्यवाहक अध्यक्ष भुसालले प्रचण्डले नेता हरिबोल र महेश्वर दाहालहरूलाई गरेको कारबाहीको प्रसङ्ग कोट्याउँदै यस्तो सुझाव दिएका हुन् । 

    भुसालले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं र तपाईंहरुजस्ता ‘शक्तिशालीहरू’ ले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थाल्नुभयो तपाईंहरुको गौरवका एक एक गजुरहरू भत्किँदै गए, त्यसको मूल्य हाम्रो समग्र आन्दोलनले भुक्तान गर्दैछ’, भुसालले सुझाव दिँदै भनेका छन्, ‘तपाईंमा कहीँ कतै रक्तरञ्जित इतिहासका महिमाको सम्झना बाँकी छ भने कृपया पछि हट्नुस्, अगाडि बाटो छैन ।’

    साथै, भुसालले प्रचण्डले जुन दिनदेखि अप्ठेराहरूको ठाउँमा सजिला र अनुशासित मानिसहरूको भर्ती गर्न थालेबाटै गौरवका गजुरहरू भत्किन थालेको र त्यसको मूल्य कम्युनिस्ट आन्दोलनले भुक्तान गरिरहेको टिप्पणी गरेका छन् ।

    g.JPG



     

    images
    प्रकाशित मिति :माघ ११ २०८२ आइतवार - १३:२४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij