Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित


  • 547
    Shares

    बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

    बैतडी । बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च पहाडी भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । 

    हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर  टेरले बताउए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन भने प्रभावित भएको छ ।

    यसैगरी, ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । गए रातिदेखि बाक्लो हिउँ परेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्मे भएका छन् ।

    हिमपातका कारण धारामा पानी जमेको छ । निरन्तर हिमपात भइरहेकाले स्थानीयलाई हिँडडुल गर्न कठिन भएको छ । ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला, निसेलढोरमा पनि हिमपात भएको छ । 

    प्रकाशित मिति :माघ १४ २०८२ बुधवार - ०८:१४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij