Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु


  • 4.4K
    Shares

    राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध रिट लिएर सर्वोच्च पुगे अधिवक्ताहरु

    काठमाडौं । सरकारलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिएर नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध रिट दायर गर्न अधिवक्ताहरु सर्वोच्च अदालत पुगेका छन् ।

    अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र ज‍ोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । यो समाचार तयार पार्दासम्म उनीहरुको रिट दर्ता भइसकेको छैन ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गरेकी छन् ।

    प्रधानमन्त्री पदमुक्त नहुँदै राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएको भन्दै उनको आलोचना भइरहेको छ ।

    संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया सुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु असंवैधानिक कदम मानिएको छ ।

     

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - १२:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij