Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा संसदीय दलको कार्यालयमा राजेन्द्र महतोलाई दलको नेता भन्दै टाँसियो ‘नेमप्लेट’

जसपा संसदीय दलको कार्यालयमा राजेन्द्र महतोलाई दलको नेता भन्दै टाँसियो ‘नेमप्लेट’


  • 6.0K
    Shares

    जसपा संसदीय दलको कार्यालयमा राजेन्द्र महतोलाई दलको नेता भन्दै टाँसियो ‘नेमप्लेट’

    काठमाडौं । सिंहदरबारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा राजेन्द्र महतोलाई संसदीय दलको नेता भन्दै नेमप्लेट टाँसिएको छ।

    शुक्रबार जसपाको महन्थ ठाकुर र महतो पक्षको संसदीय दलको बैठकका क्रममा नयाँ नेमप्लेट टाँसिएको हो। महतोलाई हालै सो पक्षले एकतर्फी रुपमा संसदीय दलको नेता चयन गरेको थियो।

    उनीहरुले सो पत्र संसद् सचिवालयमा समेत पठाएका छन्। तर, डा बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको अर्को पक्षले भने पार्टीबाट निर्णय नभएको बताउँदै आएको छ। कतिपय सांसद् र शुभेच्छुकहरुले महतोलाई फूलमाला समेत लगाइदिएका छन्।

    राष्ट्रिय जनता पार्टी र समाजवादी पाटी एकीकरण हुनुअघि ती दलमा क्रमशः महन्थ ठाकुर र उपेन्द्र यादव संसदीय दलका नेता थिए। पार्टी एकता भएर जसपा बनेको भए पनि संसदीय दल एकीकृत हुन सकेको छैन। संसदीय दलको विधान नबनेकाले नेता चयन गर्ने जस्ता प्रक्रिया अघि बढेको छैन।

     

     

     

     

    ठाकुर(महतो पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिएका छन्। पार्टीमा अर्को पक्ष ओलीको विपक्षमा छ। जसले गर्दा जसपा भने विभाजनतिर उन्मुख भएको छ।
     

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ११:३३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij