Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा


  • 7.3K
    Shares

    थापा पराजित भएपछि एमाले विवाद उत्कर्षमा

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टीका उम्मेदवार रामबहादुर थापा पराजित भएपछि सत्तारुढ एमालेको विवाद उत्कर्षमा पुगेको छ । उपनिर्वाचनमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उम्मेदवार भएका थापा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहित विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटासँग पराजित भए । थापा पराजित हुनुको दोष ओली पक्षले नेपाल समूहलाई लगाएको छ ।

    एमाले विवाद समाधान कार्यदलको मंगलबार बसेको पहिलो बैठकले पार्टीभित्र असहयोग, अविश्वास र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पङ्क्तिलाई आग्रह गरेको थियो । तर बिहीबार भएको राष्टिय सभा सदस्य निर्वाचनमा कार्यदलको आग्रह विपरीत काम भएको भन्दै ओली पक्षका नेताले यसमा नेपाल समूह दोषी भएको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । 

     

     

     

    प्रकाशित मिति :जेठ ७ २०७८ शुक्रवार - ०७:५५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij