Logo

२०८२ फाल्गुण १३ गते बुधवार

२०८२ फाल्गुण १३ गते बुधवार

विभागद्वारा बाँसबारी राइस मिललाई दुई लाख जरिवाना

विभागद्वारा बाँसबारी राइस मिललाई दुई लाख जरिवाना


  • 295
    Shares

    विभागद्वारा बाँसबारी राइस मिललाई दुई लाख जरिवाना

    काठमाडौं । नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ ।स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं बाँसबारीस्थित बाँसबारी राइस मिललाई दुई लाख जरिवाना तिराएको हो ।

    त्यसैगरी जयस अन्न घर कागेश्वरी नगरपालिका–६ मुलपानी बाबाचोकलाई १० हजार जरिवाना तिराएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ अनुसार कारबाही गरिएको विभागले जनाएको छ ।

    विभागले मेगा मार्ट प्रालिलगायत अन्य तीन फर्मलाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन भित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले अन्य सात वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - ११:२७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij