Logo

२०८२ फाल्गुण ९ गते शनिवार

२०८२ फाल्गुण ९ गते शनिवार

७ महिनामा १४ अर्बको ईभी आयात, सबैभन्दा धेरै चीनबाट

७ महिनामा १४ अर्बको ईभी आयात, सबैभन्दा धेरै चीनबाट


  • 225
    Shares

    ७ महिनामा १४ अर्बको ईभी आयात, सबैभन्दा धेरै चीनबाट

    काठमाडौं । चालू आर्थिक वर्ष २०८२\८३ को पहिलो सात महिनामा नेपालले  विद्युतीय सवारी साधन (ईभी) को आयात करिब १४ अर्बको गरेको छ । 

    भन्सार विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा नेपालले विश्वका विभिन्न मुलुकबाट १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको छ । 

    सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार यस सात महिनाको अवधिमा कुल ५,८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।  

    चीनबाट मात्रै यस अवधिमा कुल ४,२०४ युनिट विद्युतीय गाडी आयात भएका छन् ।  जसको कुल आयात मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

    यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । चीनबाट आएका यी गाडीहरूबाट मात्रै सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  जुन ईभी आयातबाट प्राप्त कुल राजस्वको ठुलो हिस्सा हो ।

    चीनपछि भारत नेपाली बजारमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठुलो मुलुक छ । चालू आर्थिक वर्षको सात महिनामा भारतबाट १,२६३ युनिट विद्युतीय गाडी आयात भएका छन्, जसको कुल मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।

    थाइल्याण्डबाट पनि नेपालमा ईभी आयात उल्लेख्य रूपमा भइरहेको छ । थाइल्याण्डबाट यस अवधिमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ४०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका छन् ।  

     

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १७:३१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij