२०८२ माघ १४ गते बुधवार
वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि भएको मतदान सकिएर मतगणना शुरु भएको छ। पीपीई लगाएका गणकहरुले मतपेटिका शिल खोलेर मतगणना शुरु गरिसकेका छन्। मतगणना भर्चुअलरुपमा समेत हेर्न सकिने छ।
हेटौंडास्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु भएको मतदान कार्यक्रम अपराह्न ३ बजे सम्पन्न भएको हो।
निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जनाले मतदान गर्न पाउनेमा ३ सय ३७ जना मतदाताले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
प्रदेश सभा सदस्यमा १ सय ५ जना र प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा २ सय ३२ जना गरी ३ सय ३७ जनाले मत खसालेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij