२०८२ माघ १४ गते बुधवार
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सिंहदरबारस्थित कार्यकक्षमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गर्नुभयो ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, मुख्यतःकोभिड– १९ विरूद्दको लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
भेटमा प्रधानमन्त्री ओलीले बेलायतले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दे नेपाली जनताको लागि एस्ट्राजेनेकाले उत्पादन गरेको कोभिड खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij