२०८२ माघ १४ गते बुधवार
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना उपचार, नियन्त्रण तथा रोकथामका लागि सरकारलाई १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे सुझावसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले जेठ तीन दिनसम्म कोरोना रोकथाम तथा नियन्त्रणबारे सातै प्रदेशमा छलफल गरी सुझाव संकलन गरेको थियो ।
सोही छलफलका आधारमा १५ बुँदे ज्ञापनपत्र बनाएको बताइएको छ । ज्ञापनपत्र बुझाउन सभापति देउवासहित नेता कृष्णप्रसाद सिटौला, महामन्त्रीहरु डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशसरण महत, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण र नेता डा. रामसरण महत सिंहदरवार पुगेका थिए ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij