Logo

२०८३ बैशाख १६ गते बुधवार

२०८३ बैशाख १६ गते बुधवार

सिटिजन लाइफको व्यापार साढे २२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सुचक

सिटिजन लाइफको व्यापार साढे २२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सुचक


  • 645
    Shares

    सिटिजन लाइफको व्यापार साढे २२ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सुचक

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)को वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेकोवित्तीय विवरणअनुसार पहिलो ६ महिनामा कम्पनीले २३ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ०.२४ प्रतिशतले बढेको छ।

    चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ३५.३९ प्रतिशतले बढेको छ। कम्पनीले ४ अर्ब १४ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २२.५२ प्रतिशतले बढेको छ।
    .
    कम्पनीको शेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३५ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा २६ करोड ६३ लाख रुपैयाँ रहेको छ।

    कम्पनीले ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २२.२२ प्रतिशतले बढेको छ।

    शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ९.२६ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ५१.१८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १०:३८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij