Logo

२०८२ माघ २६ गते सोमवार

२०८२ माघ २६ गते सोमवार

एप्पलले फेब्रुअरी १९ मा नयाँ मोडेलको आइफोन सार्वजनिक गर्ने

एप्पलले फेब्रुअरी १९ मा नयाँ मोडेलको आइफोन सार्वजनिक गर्ने


  • 764
    Shares

    एप्पलले फेब्रुअरी १९ मा नयाँ मोडेलको आइफोन सार्वजनिक गर्ने

    काठमाडौं । एप्पलले यही फेब्रुअरी महिनाभित्र आफ्नो नयाँ आइफोन १७ ई सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत वर्ष फेब्रुअरीमा एप्पलले आइफोन एसईलाई बन्द गर्दै आइफोन १६ई बजारमा ल्याएको थियो ।

    यही फेब्रुअरी १९ मा एप्पलले ‘आइफोन १७ ई’ सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ । यो मोडेल आइफोनको पछिल्लो सिरिजभित्रको सबैभन्दा सुपथ मूल्यको आइफोन हुने अनुमान गरिएको छ।

    आइफोन १७ई मा अघिल्लो मोडेलको तुलनामा चारवटा प्रमुख सुधार देख्न सकिनेछ । डिजाइनका हिसाबले भने फोनमा धेरै ठूलो परिवर्तन हुने छैन । यसको बाहिरी स्वरूप धेरै हदसम्म आइफोन १६ई जस्तै रहनेछ । तर यसपटक सबैभन्दा चासोको विषय बनेको छ-स्क्रिनको नच हटाएर डाइनामिक आइल्याण्ड राख्ने कि नराख्ने भन्ने कुरा ।

    आइफोन १७ई मै एप्पलले डाइनामिक आइल्याण्ड राख्नसक्छ । स्क्रिनको माथिल्लो भागमा रहेको खाली ठाउँ अर्थात् नचलाई सफ्टवेयरमार्फत चलायमान बनाएर त्यो स्थानमा रियल टाइम गतिविधिहरू देखाउने फिचर नै डाइनामिक आइल्याण्ड हो ।

    यसमा ए१९ चिपसेट प्रयोग गरिनेछ जसले फोनलाई अझ तेज र कम विद्युत खपत गर्ने बनाउनेछ । साथै एन वान चिपको प्रयोगले वाइफाइ ७ र ब्लुटुथ ६ जस्ता अत्याधुनिक कनेक्टिभिटी फिचरलाई सपोर्ट गर्नेछ ।

    यसका साथै एप्पलको नयाँ सी१एक्स मोडेम पनि यो फोनमा समावेश हुन सक्ने चर्चा छ । एप्पलका अनुसार यो दोस्रो पुस्ताको मोडेम अघिल्लो संस्करणभन्दा दोब्बर छिटो र अत्यन्तै उर्जा दक्ष हुनेछ । जसका कारण ब्याट्री ब्याकअप उच्च हुनुका साथै सुपरफास्ट फाइभ जी स्पीड पनि प्राप्त हुनेछ।

    आइफोन १७ ई मा अन्य मोडेलहरूजस्तै मेगासेफ सपोर्ट पनि रहनसक्ने अनुमान छ । आइफोन १६ईमा केवल ७।५ वाटको वायरलेस चार्जिङ उपलब्ध थियो । तर यसपटक २० वाटदेखि २५ वाटसम्मको म्याग्नेटिक वायरलेस चार्जिङ आउन सक्ने अपेक्षा गरिएको छ । यसले प्रयोगकर्तालाई म्याग्नेटिक वालेट, ब्याट्री प्याकजस्ता सामानहरु सजिलै प्रयोग गर्न सहयोग गर्नेछ ।

    यो मोडेलको क्यामेराको कुरा गर्दा पछाडिको भागमा एउवटा ४८ मेगापिक्सेलको क्यामेरा हुने सम्भावना छ । यो फोनको मूल्य आइफोन १६ई कै जस्तो हुने र यसको सुरुवाती मूल्य ५९९ अमेरिकी डलर हुने बताइएको छ।

     

     

     

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १६:२०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij