Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सूर्यज्योति लाइफले पायो प्रतिष्ठित ‘छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स’ अवार्ड

सूर्यज्योति लाइफले पायो प्रतिष्ठित ‘छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स’ अवार्ड


  • 575
    Shares

    • images
    सूर्यज्योति लाइफले पायो प्रतिष्ठित ‘छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स’ अवार्ड

    काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले छैठौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्डमा नवप्रवर्तनका लागि प्रविधि र बीमा प्रविधि विधामा उपाधी हात पारेको छ। 

    थाइल्याण्डको बैंकमा इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित समारोहमा सूर्यज्योती लाइफले टेक्नोलोजी एण्ड इन्स्योरटेकमा आधारित नवप्रवर्तन विधामा उपाधी प्राप्त गरेको हो।

    विश्व विख्यात चार्टर्ड एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो।

    उक्त विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका अधक्ष्य केशव प्रसाद भट्टराईले ग्रहण गरेका थिए । उक्त अवसरमा कम्पनीका संचालक चुडामणि देवकोटा, नायब प्रमुख कार्यकारी अधिकृत, फर्शुराम मरासिनी लगायत चिफ सपोर्ट सर्भिसेज उमेश प्रसाद मैनाली को पनि उपस्थिति रहेको थियो।

    उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईल्याण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

    कम्पनीले हरेक सुचांकहरुमा उत्कृष्टता हसिल गर्दै नवप्रवर्तन र डिजिटलीकरणमा आफ्नो अलग पहिचान बनाउन सफल भएको छ । 

    a

    प्रकाशित मिति :माघ २५ २०८२ आइतवार - १२:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij