२०८२ माघ २२ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५६ सय रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij