Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गण्डकी स्कुलको खेलकुद सप्ताह औपचारिक शुभारम्भ

गण्डकी स्कुलको खेलकुद सप्ताह औपचारिक शुभारम्भ


  • 484
    Shares

    गण्डकी स्कुलको खेलकुद सप्ताह औपचारिक शुभारम्भ

    काठमाडौं । काठमाडौँ महानगरपालिका–२६, म्हेपीस्थित गण्डकी पब्लिक बोर्डिङ स्कुलको वार्षिक खेलकुद सप्ताह (Annual Sports' Meet) २०८२ बुधबार भव्य रूपमा उद्घाटन गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थी स्काउटको विशेष मार्चपास, झण्डोत्तोलन तथा बेलुन उडाएर खेलकुद सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो।

    खेलकुद सप्ताहमा करिब ६ सयदेखि ७ सयसम्म विद्यार्थीको सक्रिय सहभागिता रहने विद्यालयका प्रिन्सिपल आरसी भट्टले जानकारी दिए। प्रतियोगिताअन्तर्गत फूटसल, बास्केटबल, भलिबल, बेडमिन्टन, टेबलटेनिस, चेस, टग अफ वारलगायत विभिन्न खेलहरु सञ्चालन हुने छन्। साथै साना बालबालिकाका लागि स्किपिङ, हट पोटेटो, म्युजिकल चियर, स्पुन रेस जस्ता मनोरञ्जनात्मक खेलसमेत समावेश गरिएको छ।

    खेलकुद सप्ताह बारे प्रिन्सिपल भट्टले खेलकुदले शारीरिक विकाससँगै मानसिक र बौद्धिक विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए। “शारीरिक तन्दुरुस्तीले विद्यार्थीको एकाग्रता, सहकार्य, नेतृत्व क्षमता, आत्मविश्वास र आत्मसम्मान बढाउँछ। शरीर स्वस्थ र सबल भएमा सुनेको र देखेको कुरा सजिलै ग्रहण गर्न सकिन्छ, त्यसैले वौद्धिक विकासका लागि पनि खेलकुद अपरिहार्य छ,” उनले भने।

    उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जना रानामगर तथा खेलाडी जेनिफर र सिद्धान्त रानामगर सहभागी रहेका थिए। खेलकुद उद्घाटन समारोहमा विद्यालयका कार्यकारी निर्देशक दोर्णबहादुर अधिकारी, व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद अर्याल तथा शिक्षक, अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो।

    चार दिनसम्म चल्ने यस Annual Sports' Meet ले अध्ययनसँगै खेलकुद र शारीरिक विकासमा पनि विद्यार्थीलाई प्रोत्साहन गर्ने प्रिन्सिपल भट्टले बताए। गण्डकी पब्लिक बोर्डिङ स्कुलले जेनिफर र सिद्धान्त रानामगरजस्ता राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको उल्लेख गर्दै उनले विद्यालयले खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरे।

    1769619158-rI34r.jpg

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १९:५१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij