Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

डा. केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

डा. केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो


  • 302
    Shares

    डा. केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
    images

    काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

    इलाममा रहेका उनका सहयोगी पवन थापाका अनुसार डा. केसीलाई थप उपचारका लागि काठमाडौं पठाइएको हो। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार गरिनेछ।

    टाइप २ मधुमेहका बिरामी रहेका डा. केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै घटेको र पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको छ। स्वास्थ्य अवस्था क्रमिक रूपमा बिग्रिँदै गएपछि थप विशेष उपचार आवश्यक रहेको चिकित्सकले बताएका छन्।

    विभिन्न माग राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामस्थित नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए। अनशनकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो।

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १०:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij