Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

एक महिनाभित्र स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन हुने प्रधानमन्त्री शाहको घोषणा

एक महिनाभित्र स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन हुने प्रधानमन्त्री शाहको घोषणा


  • 274
    Shares

    एक महिनाभित्र स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन हुने प्रधानमन्त्री शाहको घोषणा
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अबको एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिने बताएका छन्।  

    सामाजिक सञ्जालमार्फत उनले सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने लक्ष्य राखिएको जानकारी दिएका हुन्।   

    प्रधानमन्त्री शाहका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन भइरहेको छ। बाँकी स्थानीय तहमा पनि एक महिनाभित्र सेवा अनिवार्य रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ।

    नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ अनुसार सेवा हस्तान्तरण प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।    

    यस व्यवस्थाले नागरिकलाई जग्गासम्बन्धी सेवा लिन सहज हुने र स्थानीय तहको अधिकार कार्यान्वयनमा सहयोग पुग्ने सरकारको विश्वास छ।

     

    प्रकाशित मिति :कार्तिक १६ २०८३ सोमवार - १०:५०:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij