Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्रिमण्डल विस्तार : मन्त्रीमा पुरानै अनुहार, दीपक मनाङे पनि नियुक्त हुँदै

मन्त्रिमण्डल विस्तार : मन्त्रीमा पुरानै अनुहार, दीपक मनाङे पनि नियुक्त हुँदै


  • 4.7K
    Shares

    मन्त्रिमण्डल विस्तार : मन्त्रीमा पुरानै अनुहार, दीपक मनाङे पनि नियुक्त हुँदै

    पोखरा । राजीनामा दिएपछि वैशाख २९ गते पुन: मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले आज बुधवार मन्त्रीमण्डल विस्तार गर्दैछन्। बुधवार २ बजेपछि मन्त्रिमण्डल विस्तार हुँदैछ। स्रोतका अनुसार मन्त्रिमण्डलमा पुरानै मन्त्री दोहोरिने छन् ।

    राजीव गुरुङ युवा तथा खेलकुद मन्त्री, रामशरण बस्नेत मन्त्री भौतिक मन्त्री, किरण गुरुङ मन्त्री अर्थ, विकास लम्साल मन्त्री पर्यटन, नरदेवी पुन मन्त्री सामाजिक विकास मन्त्री पुन दोहोरिएका हुन्। आन्तरिक मामिला र कृषि मन्त्री मन्त्रालय भने खाली छन्।

    कोरोना संक्रमित भएर मन्त्रिमण्डल विस्तारमा हप्तादिन ढिलाई गरेका मुख्यमन्त्रीले सोमवार छलफल गरेका थिए। छलफलमा  रामशरण बस्नेत, किरण गुरुङ र मायानाथ अधिकारी उपस्थित थिए। लामो समयसम्म मन्त्रालय खाली रहँदा कामकारवाहीमा प्रभाव पर्ने हुनाले गुरुङले अन्य दलसँग छलफल गर्नु अगाडि नै मन्त्रिमण्डल बिस्तार गरेका हुन्।

    अविश्वास प्रस्ताव दर्ता भएपछि राजीनामा दिएका मुख्यमन्त्री गुरुङ वैशाख २९ गते पुनस् नियुक्त भएका थिए। मुख्यमन्त्री पुनस् नियुक्त भए पनि उनले १ महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।

    संसदमा एमालेका २८ सांसद छन्। उनलाई विश्वास प्राप्त हुनका लागि थप तीन जना सांसदको समर्थन आवश्यक छ।

    त्यस्तै, मन्त्री बन्न लागेका सांसदहरुलाई सपथ खाने निम्तो मुख्यमन्त्री कार्यालयबाट पुगिसकेको छ।  सांसदहरु विकास लम्साल र राजीव गुरुङ पोखरा बाहिर छन्। सांसद राजीव गुरुङ काठमाडौंमा छन् भने विकास लम्साल गृह जिल्ला पर्वतमा।

    काठमाडौं पुगेका सांसद राजीव गुरुङले आज सपथ ग्रहण गर्न नभ्याउने मुख्यमन्त्री कार्यालयलाई जानकारी दिइसकेको छन् । विकास लम्साल भने पर्वतबाट पोखराका लागि  हिँडिसकेका छन्।

    प्रकाशित मिति :जेठ ५ २०७८ बुधवार - १२:३६:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij