Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

जसपा विवाद : भाँडियो महन्थ–उपेन्द्रको सहमति, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता

जसपा विवाद : भाँडियो महन्थ–उपेन्द्रको सहमति, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता


  • 6.3K
    Shares

    जसपा विवाद :  भाँडियो महन्थ–उपेन्द्रको सहमति, महतो संसदीय दलको नेता चयन भएको पत्र दर्ता

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने सहमति भाँडिएको छ ।

    दुई नेताबीच महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भए पनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेका छन् । उनले पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी संघीय संसद सचिवालयलाई गराएका हुन् । 

    यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको बताएका थिए ।

    तर अध्यक्ष ठाकुरले  वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका छन् । 

    सोही पत्रका साथमा संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि पनि पठाइएको छ । 

    187498903_140628144752840_6265453760175714856_n_P9kIHi6KEP.jpg

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १६:२०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij