Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय खारेज

राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय खारेज


  • 6.6K
    Shares

    राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय खारेज

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज भएको छ ।

    जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्‍याएर नगरिएको कारण सो पद हाललाई खारेज गरिएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए ।

    जसपा नेपालका अध्यक्षद्वय ठाकुर र यादवबीच भएको सहमतिको आधारमा त्यसलाई खारेज गरिएको हो ।

    अध्यक्ष ठाकुरले यादवलाई गत वैशाख ३१ गते संसदीय दलको नेतामा चयन गरेका थिए । तर उपेन्द्र पक्षले भने पार्टीको विधान विपरित संसदीय दलको नेता चयन गरिएको भन्दै आपत्ति जनाएको थियो ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १५:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij