Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

अबदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने

अबदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने


  • 1.0K
    Shares

    अबदेखि ५ लाखभन्दा बढी नगदमा कारोबार गर्न नपाइने

    काठमाडौं ।  नगद कारोबारमा माघ १ गतेदेखि ५ लाखको सीमा कायम भएको छ । 

    मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । 

    अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । 

    नेपाल अहिले सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा छ । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । 

    सरकारले निर्णय गरेको यो नियम बैंक तथा वित्तीय संस्था मात्रै नभएर सबै प्रकारका वित्तीय संस्था वा अन्य व्यावसायिक संस्थाको हकमा समेत लागु हुनेछ । सरकारी राजस्व, बिगो, धरौटी, पेन्सन वितरण, राहत तथा अनुदान सहायता वितरण, आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्ने लगायतका कार्यलाई यो सीमा लागू हुँदैन । 

    images
    प्रकाशित मिति :माघ २ २०८२ शुक्रवार - १०:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij