Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी

प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी


  • 5.3K
    Shares

    प्रधानमन्त्रीको शपथविरुद्ध परेका चार रिटको सुनुवाइ जारी

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ जारी छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र राणाको एकल इजलाशमा शपथविरुद्ध परेका ४ वटै मुद्दाको सुनुवाइ चलिरहेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका थिए ।

    अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

    कानूनमै नभएको व्यहोरा शपथमा पढकोले शपथ बदर गर्न माग गरिएको छ । त्यस्तै ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली प्रधानमन्त्रीले पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ ।

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १४:१२:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij