Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

झलनाथ खनालको दावी : मदन भण्डारीको हत्या नै हो, छानविन गर्न किन चाँसो देखाएनन् ?

झलनाथ खनालको दावी : मदन भण्डारीको हत्या नै हो, छानविन गर्न किन चाँसो देखाएनन् ?


  • 5.6K
    Shares

    झलनाथ खनालको दावी : मदन भण्डारीको हत्या नै हो, छानविन गर्न किन चाँसो देखाएनन् ?

    काठमाडौं । २०५० साल जेठ ३ मा भएको दासढुंगा घटनाको हिजो २८ वर्ष पूरा भयो। उक्त घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भयो।

    घटनालाई लिएर एमाले पार्टीभित्रै हत्या या दुर्घटना भन्ने विषय स्पष्ट देखिँदैन। नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल दासढुंगा घटना दुर्घटना नभएर हत्या नै भएको ठोकुवा गर्छन्। ‘हत्या नै हो, दुर्घटना होइन,’ उनी भन्छन्।

    हत्या नै हो भने एमालेले पटकपटक सरकारको नेतृत्व गर्दा समेत किन उदासिनता देखायो त ? उकेराले यो प्रश्न खनाललाई राख्दा उनले भने, ‘एमालेको अकर्मण्यता हो यो।’

    खनाल आफैं पनि सरकारको नेतृत्व गरिसकेका व्यक्ति हुन्। ‘तपाईं आफैंले पनि सरकारको नेतृत्व गरिसक्नुभयो। त्यो समयमा किन छानविनको लागि पहल गर्नुभएन ?’ उकेराको अर्को प्रश्नमा उनले सामान्य जवाफ दिए, ‘खै सकिएन।’

    यही विषयलाई लिएर राजनीतिक फाइदाको विषय बनाइरहेको एमालेले घटनाको छानविनमा भने ध्यान दिन सकेको देखिँदैन। वर्षैपिच्छे औपचारिकतामा मात्र यो घटनाको स्मरण गरिन्छ भन्ने यसले पनि देखाँउछ।

    पछिल्लो समय भण्डारीकी धर्मपत्नी विधा भण्डारी राष्ट्रपति छिन्। कम्युनिष्ट आन्दोलनका सहयात्री केपी शर्मा ओली प्रधानमन्त्री छन्। माधवकुमार नेपालले पनि प्रधानमन्त्रीको रुपमा कार्यकाल बिताइसकेका छन्।

    तर, नेताहरुले सामान्य विज्ञप्ति निकालेर औपचारिकता निभाउने बाहेक थप केही गरेका छैनन। खनाल पनि त्यसैमध्येका एक हुन्। अब थप छानविन हुन्छ र रहस्य खुल्छ भन्ने खनाललाई पनि लागेको छैन।

    उनी भण्डारीसँगको व्यक्तिगत सम्बन्ध र हत्यामा बाह्य वा देशभित्रकै कुन शक्तिको हात थियो भन्ने विषयमा भने खुल्न चाहेनन्।

    एमालेमा देखिएको फुटको असर यो घटनासम्म पनि जोडिएको देखिन्छ। छानविनको विषयबारेको जिज्ञासामा खनालले भने, ‘अब त पार्टी नै कहाँ पुग्छ थाहा छैन,’ उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्षतर्फ देखाउँदै भने, ‘प्रधानमन्त्रीको सपथ खाँदा ‘प्रतिज्ञा गर्छु’ सम्म पनि भन्न सक्दैनन्, अब त झन् के गर्लान् र ?’

    प्रकाशित मिति :जेठ ४ २०७८ मंगलवार - १२:५१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij